सर्लाही, असार ३० गते : सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरीका कारण बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेले असाध्यै सास्ती खेपिरहेका छन् । लगातार ठुलो पानी परिरहँदा सर्लाहीमा ठाउँ ठाउँमै सडक, नाला, तटबन्ध भत्किरहेका छन् । भित्री कच्ची सडक असाध्यै खराब हुँदा आउजाउमा समस्या भइरहेको छ । चन्द्रनगरबाट भेल्ही हुँदै सदरमुकाम मलङ्गवा […]
काठमाडौँ, असार ३० गते : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ । गोली प्रहारबाट घाइते […]
मेष– अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। वृष– अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य […]
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय गरेको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको […]
काठमाडौँ, असार २९ गते । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका […]
काठमाडौं, असार २९ गते । आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारण गर्नुभएको आइतबारको समयसीमा पछि प्रधानमन्त्रीको नियुक्ति हुने छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, ‘‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ ।’’ राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश […]
काठमाडौँ, असार २९ गते । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने गरी ३९ बुुँदे सुझाव गभर्नर अधिकारीलाई बुझाउनुभएको हो । चेम्बर अफ कमर्सले गभर्नर अधिकारीको उपस्थितिमा […]
रामेछाप, असार २९ गते । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको […]
काठमाडौँ, असार २९ गते । दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नबिल बैङ्कको ४० औँ वार्षिकोत्सवको अवसरमा शुुक्रबार आयोजित ‘दिगो विकासमा बैङ्कको भूमिका’ विषयक अन्तव्रिर्mया कार्यक्रममा सहभागीले बैङ्कले आगामी दिनमा थप लगानी बढाउँदै जानुुपर्र्ने बताएका हुन् । बैङ्कका अध्यक्ष उपेन्द्र पौडलेले बैङ्कले दिगो विकासमा लगानी गरिरहेकाले […]
पोखरा, असार २९ गते । मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ । […]