Alliancekhabar

बिहिबार, भाद्र २७, २०८१

स्याङ्जा, भदौ २७ गते : स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०-०८१ मा क्षयरोग सङ्क्रमित भएका १४ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा २८१ जना नयाँ क्षयरोगी भेटिएको बताउदै उहाँले बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेको बताउनुभयो । जिल्लामा सबै भन्दा धेरै क्षयरोगी वालिङ नगरपालिकामा ७९ जना क्षयरोगका बिरामी छन् ।

त्यस्तै पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाचँ जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाचँ जना र आँधीखोला गाउँपालिकामा चार जना क्षयरोगी छन् ।

स्याङ्जामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिएका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी छ । क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ ।

क्षयरोगको औषधी जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा  वितरण भइरहेको छ । नियमित औषधी सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल