Alliancekhabar

शुक्रबार, भाद्र २८, २०८१

धनगढी, भदौ २८ गते : बाढीको जोखिममा परेका कैलालीका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा बाढी आएपछि जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको छ ।

यसैगरी, जानकी गाउँपालिका–७ स्थित १७ परिवारका ९४ जनालाई पनि  सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । त्यस्तै, जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ ।

पछिल्लो छ घण्टामा कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएको जल तथा मौसमविज्ञान विभागले जानकारी दिएको छ । वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्दो क्रममा  छ । कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ ।

यसैगरी, मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभागले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल