बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरसको सङ्क्रमण’

नेपालगञ्ज, साउन १४ गते ।  गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् । चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् । भिजन […]

सामाखुसी खोलामा बेपत्ता बालक अझै फेला परेनन्

१३ साउन, काठमाडौं । यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक विधान आलेमगर (साजन) एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि […]

काँग्रेसमा चुनौतीका चाँङ चढ्दै गगन कुमार थापा

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सबैभन्दा चर्चामा रहेका नेता हुन् महामन्त्री गगन थापा । नेपाली राजनितिकै लोकप्रिय नेता मध्येमा अग्र स्थानमा रहेका र राजनितिक सम्भावना देखिएका नेपाली युवा नेता गगनमा यतिबेला जनताको अपेक्षा र दरिलो विश्वासको भार रहेको देखिन्छ । समयक्रममा सबैको लोकप्रियता एकैनास रहने कुरा हुँदैन। निश्चय नै गगनप्रति शंका र अविश्वासहरु […]

काठमाडौंलगायत विभिन्न ठाउँमा वर्षा, यस्तो छ आज देशभरको मौसम

काठमाडौं – हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। बिहिबार रातीदेखिनै पानि परिरहेको काठमाडौं उपत्यकामा शुक्रबार बिहान पनि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, […]

प्राग्जैविक प्रेम – ऋषभदेव घिमिरे गोदावरी,ललितपुर

 ए प्रेमका पुजारीहरू हो मन भित्र लुकेको प्रिय मान्छेलाई मन भित्रै राखेर पुजा गर्न कुन सामग्री चाहिएला? प्रेमको साटो प्रेम साट्न यक्ष समय पर्खेर कुन मुहुर्त निकाल्नु पर्ला कुण्डलीको कुन स्थानमा चढाउनु पर्ला सग्ला साक्षात् प्राणेश्वरको रक्षा गर्ने अक्षताहरू   सम्झिरहन त सायदै चाहिन्न होला प्रेम प्राञ्जलको करारनामा फगत सम्झेर निश्चित प्रेम साटेका घडी र […]

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न-बुझाउनपर्ने सम्पत्ति कर÷बहाल कर-व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो […]

नियन्त्रित लागूऔषधसहित पक्राउ

मोरङ,११ साउन । नियन्त्रित लागूऔषधसहित केही व्यक्तिहरु पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित सुनसरी धरान उपमहानगरपालिका–१८ बस्ने ३१ वर्षीय दिवस लिम्बुलाई  बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै […]

सिटिजन्स बैंकले गर्‍यो थप दुई रेस्टुरेन्टसँग छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कार्डवाहक ग्राहकलाई छुट प्रदान गराउने उद्देश्यले दुईवटा रेस्टुरेन्टसँग सम्झौता गरेको छ । बैंकले काठमाडौंको टंगालमा रहेको अप्रिकस क्याफे, ठमेल, पोखरा र सानेपामा आउटलेट हरेको मोमोतारु रेस्टुरेन्टसँग सम्झौता गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ […]

धरानमा डेङगुका कारण ७ जनाको मृत्यु

धरान । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च […]

भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजिएको छ : राजेन्द्र लिङ्देन

१० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए । ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल