आजको राशिफल २०८१ साउन १७ – 01, Aug, 2024, बिहिबार

मेष– अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । वृष– हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । […]

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमान्डौ-मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार त्रिभुवन विमानस्थलबाट ४:५० बजे धनगढीका […]

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा परिवर्तन : वरिष्ठ उपाध्यक्ष कार्की

काठमाडौँ, १५ साउन — नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तन र न्यायोचित रुपान्तरणको एक दिबसिय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले “जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा परिवर्तन भएको बताउनु भयो । ” प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र […]

खोटाङमा दलित बालबालिकाको उद्धार

खोटाङ,  साउन १६ गते :  जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

बजेट छ तर छैनन् कर्मचारी

सुर्खेत, साउन १६ गते : प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव झेलिरहेको छ । दक्ष प्राविधिक जनशक्ति नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रालयमा आठौँ र नवौँ तहका ८० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोही अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको मन्त्रालयका सचिव टीकाराम थापाले बताउनुभयो । […]

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीविरुद्ध उजुरी

बनेपा, साउन १६ गते  : काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भई बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने दुई दर्जन सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । आफूहरूले थोरै थोरै गरेर सहकारीमा बचत गरेको रकम आवश्यक परेको समयमा माग गर्दा फिर्ता नदिएको भन्दै २४ वटा सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]

काठमाडौँको विभिन्न स्थान डुबानमा

काठमाडौँ, साउन १६ गते:  मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् भने  नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी […]

विपद र डेंगुसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा

काठमाडौँ, साउन १६ गते : काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ । नियमित वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर […]

आजको राशिफल २०८१ साउन १६ – 31, July, 2024, बुधबार

मेष– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । वृष– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ […]

दुध उत्पादकलाई प्रोत्साहन अनुदान

सुर्खेत, साउन १५ गते । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल