alliance khabar

आइतबार, आश्विन २०, २०८१

काठमाडौँ, असोज २० गते ।

बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना जारी गर्दै जानकारी गराएको छ ।

मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमी बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ । हाल काभ्रे स्थित बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल