बागमती, कात्तिक ११ गते : स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको […]
काठमाडौँ, कात्तिक ११ गते : भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति अक्टोबर १८ मा समाप्त भएको सातामा २.१६३ अर्ब अमेरिकी डलरले घटेर ६८८.२६७ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले जारी गरेको साप्ताहिक तथ्याङ्कले देखाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेको यो लगातार तेस्रो साता हो । अघिल्लो साता विदेशी […]
राँझा (बाँके), कात्तिक ११ गते : धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो । जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म […]
काठमाडौँ, कात्तिक ११ गते : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभएको छ । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समीक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताउनुभएको हो । नेपाली काँग्रेस र नेकपा एमालेबिचको समीकरणमा बनेको यो सरकारमा एमाले नेता विष्णुप्रसाद पौडेल […]
सिद्धार्थनगर, कात्तिक १० गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले वडा […]
वासिङ्टन, कात्तिक १० गते : संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । “हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो । इजरायली […]
प्युठान, कात्तिक १० गते : जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो । “अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” मूल नारासाथ कात्तिक ९ गते देखि १५ गतेसम्म सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नेगरी अभियान सञ्चालन गरेको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले […]
कञ्चनपुर, कात्तिक १० गते : लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका […]
काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।शनिबार वन तथा वातावरण मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनसम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभइ मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा […]
लहान, कात्तिक ९ गते । लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको अनुगमन गरिरहेका अनुगमन टोलीले विद्यार्थीलाई प्याकेटका खाजा नखुवाउन निर्देशन दिइएको छ । नगर उपप्रमुख रामचलितर महतो र शिक्षा शाखा प्रमुख फिरोज कटुवालले लहान–१० मा रहेको जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँका विद्यार्थीले प्याकेटमा ल्याइएको खिचडी डस्टबिनमा फालिरहेको देखेर उपप्रमुख महतोले खाजा किन फालिरहेको भनी जिज्ञासा प्रधानाध्यापकसँग राख्नुभयो । […]