बैतडी, कात्तिक १३ गते : कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । तिहारअघि तीन वटा पालिका र तिहारपछि पाँच वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । दुई वटा पालिकामा तिहारअघि नै खोप अभियान सम्पन्न हुने चरणमा छ । खोप […]
सप्तरी, कात्तिक १३ गते : हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ । नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् । तीन महिनादेखि तलबभत्ता नपाएको […]
काठमाडौँ, कात्तिक १३ गते । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट […]
दैलेख, कात्तिक १२ गते : सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम १० करोडभन्दा बढी रकमको वस्तु निर्माण परामर्श खरिद गर्दा खरिद गुरुयोजना निर्माण गरी खरिद गर्नुपर्नेमा दैलेखका ११ स्थानीय तहले खरिद गुरुयोजना निर्माण नै नगरी एक अर्ब ४७ करोड ३७ लाख ६७ हजार रुपियाँ खर्च गरेका छन् । स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा […]
नेपालगञ्ज, कात्तिक १२ गते : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमूना परीक्षण भएको हो । उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८/७९ मा पाँच सय दुई घटनाका […]
चिकित्सा क्षेत्रमा प्रचलित यस रणनीतिक विधिले अहिलेसम्म पत्ता नलागेका वा जोखिम तत्वहरू पत्ता लगाउन मद्दत गर्दछ । यो व्यक्तिलक्षित वा समुदायलक्षित हुनसक्छ । विशेष लक्षण वा चिह्न देखा परिनसकेको अवस्थामै निश्चित रोग छ, छैन थाहा पाउन स्क्रिनिङ गरिन्छ । स्क्रिनिङको माध्यमबाट रोग वा स्वास्थ्य समस्याको स्थिति पत्ता लगाएर भविष्यमा रोग विकसित हुन नदिने हिसाबले रोकथामका उपाय बेलैमा अपनाउन […]
एक किसिमको बायोमार्करलाई ट्युमर मार्कर भनिन्छ । यसले व्यक्ति विशेषमा क्यान्सरको उपस्थिति वा क्यान्सर भइनसकेको अवस्थामा क्यान्सरको व्यवहार थाहा पाउन प्रयोग गरिन्छ । ट्युमर मार्करले क्यान्सरको बढोत्तरी वा उपचारप्रतिको प्रभाव पनि थाहा पाउन सकिन्छ । यसले क्यान्सर रोगको अवस्था विश्लेषण गर्न, शल्यक्रिया गरेर ट्युमर निकालेपछि बिरामीलाई निगरानीमा राख्न, औषधिको प्रभाव अनुमान गर्न, उपचारको निगरानी गर्न सघाउ पुर्याउँछ । ट्युमर […]
काठमाडौं, कात्तिक १२ गते : स्तन क्यान्सरको समस्या विश्वव्यापी रुपमा बढ्दै गएको छ। विश्वमा महिलामा सबै भन्दा बढी स्तन क्यान्सर देखिने गर्छ । स्तन क्यान्सर रोग विशेषज्ञ उपप्राध्यापक डा. सुजिता हिराचनले नेपालमा ४० वर्षमुनिका महिलामा स्तन क्यान्सरको जोखिम बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार स्तन क्यान्सर भएर अस्पतालमा आएकामध्ये एक तिहाइ ४० वर्षमुनिका र दुई तिहाइ ४० वर्ष […]
दोलखा, कात्तिक १२ गते : गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगर स्थितको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणका लागि करिब दुई अर्ब लाग्ने भएको छ । केन्द्रको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक अर्ब ८० करोड करोड खर्च […]
वालिङ, कात्तिक ११ गते : स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौंसुर मन्दिरमा बडादसैंको अवधिमा १७ लाख ४८ हजार ३६९ रुपियाँ भेटी संकलन भएको छ । वालिङ नगरपालिका –८ र गल्याङ नगरपालिका –१० को संगमस्थलमा अवस्थित ‘गह्रौंसुर धार्मिक एवं पर्यटकीय केन्द्र’ मा रहेको कालिका मन्दिरमा भेटीस्वरूप उक्त रकम संकलन भएको हो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट […]