सिद्धार्थनगर, मंसिर २५ गते । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले कमभन्दा कम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्न आफूले आगामी बजेटमा त्यसको काम गरेर देखाउने दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा –१३ मा रहेको वेलवास खानेपानी उपभोक्ता तथा […]
गुल्मी, मंसिर २५ गते । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बेरोजगार अन्त्यका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा तम्घासमा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । धेरै युवा रोजगारीकै लागि […]
नयाँदिल्ली, मङ्सिर २५ गते । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् । रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् । उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० […]
बाजुरा, मंसिर २५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबिच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रस्ट पार्नुभएको छ। गृह जिल्ला बाजुरा पुग्नुभएका मन्त्री पाण्डेले कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। मन्त्री पाण्डेले भन्नुभयो, ‘पछिल्लो समय कांग्रेस एमालेबिचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको […]
काठमाडौं, मङ्सिर २५ गते । सत्तारुढ दल नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो । बैठकपछि […]
काठमाडौँ, मङ्सिर २५ गते । चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने हुनुभएको छ । चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट भइरहेको छ । सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन […]
नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलुक भए पनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसाबले कृषिमा नेपाल धनी मुलुक मानिन्छ । उचित हावापानी भएको हिसाबले यहाँ कृषि व्यवसायको प्रचुर सम्भावना रहेको छ । तराईका फाँटमा धान, मकै, गहुँलगायत उखु, केरा खेती फस्टाउन सक्ने सम्भावना छ । तराईमा मलिलो भूमि र खेतीयोग्य […]
काठमाडौँ, मङ्सिर २५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन […]
काठमाडौँ, मङ्सिर २५ गते । नेपाली चलचित्र क्षेत्रको प्रवर्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई […]
सुर्खेत, मङ्सिर २५ गते । चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो । विसं २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम […]