बुटवल, असार २९ गते । बचतकर्ताको करोडौँ रकम अपचलन गरी सम्पर्कविहीन भएका डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै नियन्त्रणमा लिइएको बताउनुभयो । पराजुलीविरुद्ध सहकारीका सेयर सदस्य र बचतकर्ताले ठगीको आरोपमा उजुरी दिएका थिए । प्रहरी […]
पोखरा, असार २९ गते । कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर विस्तार अघि बढाएको छ । अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्य अनुसार नवीनतम र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो । अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक […]
काठमाडौँ, असार २९ गते । अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र […]
काठमाडौँ, असार २७ गते । काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन् । अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्च्याएर सडक निर्माण गर्दा बाढीको जोखिम थपिएको हो । तर, काठमाडौँमै बर्सेनि बाढीको प्रताडना भोग्ने क्षेत्रका नागरिक यस पटक ढुक्क छन् । काठमाडौँ बुढानीलकण्ठ वडा नं. १०, ११ र […]
काठमाडौँ, असार २७ गते । दक्षिण एसियामा आतङ्कवाद अन्त्य गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि सामूहिक पहलको आवश्यकता रहेको विभिन्न क्षेत्रका विज्ञले औँल्याएका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मीनेन्द रिजालले आतङ्कवादले विगतमा राजनीतिज्ञ र आर्थिक शक्तिमाथि लक्ष्य साध्ने गरेकामा पछिल्लो समय जनता पनि उनीहरूको लक्ष्यमा पर्न थालेको स्मरण गर्नुहुन्छ । अबका दिनमा द्विपक्षीय सम्बन्धले […]
काठमाडौँ, असार २७ गते । उच्च अदालत पाटनमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्यमा झरेका छन् । दुई वर्ष नाघेका मुद्दा ४०७ थान रहेकामा चालु वर्षको अन्त्यसम्म मुद्दा शून्य भएका हुन् । कार्यबोझका हिसाबले देशकै धेरै मुद्दा भएको उच्च अदालतमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्य भएका हुन् । अदालतमा १८ महिना नाघेका […]
ललितपुर, असार २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधान महाधिवेशनको […]
काठमाडौँ, असार २७ गते । झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विरोधका कार्यक्रम स्थगन भएपछि शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने महासङ्घका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो । कर र भ्याटका […]
काठमाडौँ, असार २७ गते । पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्यो । त्यो हिमबाढीको खबर तल्लो तटीय क्षेत्रमा पुग्नै सकेन । बाढी भित्रिसकेपछि खबर गर्ने अवसर पनि नेपाल र चीन सीमाका सरोकारवालाले पाएनन् । सीमाक्षेत्रस्थित सुक्खा बन्दरगाहका मजदुरको समेत ज्यान गयो । निदाइरहेका मजदुर उठाउन गएका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आहार विहारमा विशेष सतर्क रहनु […]