मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ । मेहनत अनुसार परिणाम पाइनेछ, परिश्रम नगरी भाग्यमा मात्र भरोसा राख्नु हुदैन । वृष (इ, उ, ए, ओ, बा, बि, […]
सिओल, असार ३० गते । सेमिकन्डक्टरको माग बढ्दै गएकाले दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर […]
रेसुङ्गा, असार ३० गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्मार्ट बोर्ड खरिदको विषयले विवादमा फसेको छ । विद्यालयमा स्मार्ट बोर्ड खरिदको विषयमा अनियमितताको आशङ्का गर्दै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा आलोचना हुँदै आएको थियो । सोमबार सोही विषयलाई लिएर गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको नेतृत्वमा २८ जना जनप्रतिनिधिको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । यो विषयको […]
मकवानपुरगढी, असार ३० गते । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म ७० दशमलव ६ प्रतिशत रोपाइँ सक्किएको […]
काठमाडौँ, असार ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्रनिधिनिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोउत्तरमा उहाँले भूमिसम्बन्धी जुनसुकै समस्या भए पनि समाधान गर्न तयार रहेको बताउनुभयो । मन्त्री अधिकारीले भूमिसँग जोडिएका विभिन्न प्रथाको अन्त्य गरिने बताउनुभयो । विर्ता उन्मूलन ऐन आइसकेपछि विर्ता जग्गा […]
एन्ड्रु, संयुक्त राज्य अमेरिका, असार ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै हुनुहुन्छ । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गर्नुभएको छ । “हामी उहाँहरूलाई […]
धनगढी, असार ३० गते । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो । सो जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिवार ज्यान गएको थियो । छाउगोठमा […]
काठमाडौँ, असार २९ गते । स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा गए पनि त्यसको उपलब्धि भने न्यून देखिएको छ । भगिनी सम्बन्ध स्थापना भएका देशस्थित विभिन्न सहरका प्रतिनिधिको निमन्त्रणामा स्थानीय तहका पदाधिकारी तथा कर्मचारी विकास, सेवा प्रवाह र सुशासनको अध्ययन भ्रमणमा जाने आउने क्रम बढ्दो छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक विदेश […]
काठमाडौँ, असार २९ गते । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेख्नुभएको छ “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो […]
पुतलीबजार, असार २९ गते । वालिङ नगरपालिका क्षेत्रमा मोसो जातको बाँस रोपिने भएको छ । नगरपालिकाले एक हजार पाँच सय मोसो बाँसका बिरुवा रोप्ने योजना सार्वजनिक गरेको छ । यो बाँस सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग र भूस्खलन नियन्त्रणका लागि अत्यन्त उपयुक्त मानिन्छ । नगरप्रमुख कृष्ण खाँणका अनुसार परम्परागत रैथाने बाँसका प्रजातिमा बाँदरले क्षति पुर्याउने, झाडी झार बन्ने र […]