आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कात्तिक ३० गते ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड […]

अझै घटेन तरकारीको भाउ

काठमाडौँ, कात्तिक ३० गते । दसैँका बेला र तिहारपछिको पनि अविरल वर्षाका कारण महँगिएको हरियो तरकारीको भाउ अझै घटेको छैन । माग अनुसार ताजा तरकारीको आपूर्ति नहुँदा तरकारीको भाउ बढेको छ, जसको मारमा सर्वसाधारण उपभोक्ता परेका छन् । स्थानीय काउली थोकमै प्रतिकेजी १२० देखि १३० रुपियाँसम्म पुगेको छ भने बन्दा ७० रुपियाँ छ । काउली र […]

मन्त्री कुलमान घिसिङबाट बागमती नदी करिडोर क्षेत्रको निरीक्षण

काठमाडौँ ,कार्तिक २९ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बागमती नदी करिडोर र फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गर्नुभएको छ। गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, शहरी विकास […]

निर्वाचनको विकल्प छैनः उपेन्द्र यादव

रुपन्देही, कात्तिक २९ गते।  जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो।“यो सरकारको दायित्व नै निर्वाचन गराउने हो।जनतालाई […]

एनपिएलको तयारी अन्तिम चरणमा : ४० करोड आम्दानीको प्रक्षेपण

काठमाडौँ, कात्तिक २९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो । एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका […]

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

वासिङ्टन, कात्तिक २९ गते ।  संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्‍याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो । महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबिच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ । […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कात्तिक २९  गते ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो […]

बिस लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन

सुर्खेत, कात्तिक २९ गते । कर्णाली प्रदेश सरकारले २० लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो । पहुँचका भरमा योजना समावेश गर्ने […]

महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्टबिच रोजगार सम्झौता

पश्चिम नवलपरासी, कात्तिक २९ गते ।  पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसबाट पढाइ सकेपछि प्रत्येक वर्ष चार (४) जना दक्ष जनशक्तिलाई सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडले रोजगारी प्रदान गर्ने सम्झौता भएको छ । क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडबिच गरिएको सम्झौताअनुसार  उद्योगले क्याम्पसबाट  हरेक वर्ष चार जना दक्ष […]

नेपाली सेनाको स्वास्थ्य शिविरमा झण्डै दुई सय लाभान्वित

म्याग्दी, कात्तिक २९ गते । म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा एक सय ८४ जनाले स्वास्थ्य सेवा लिएका हुन् । नेपाली सेनाको गुरु गोरख गुल्मको संयोजकत्वमा सञ्चालन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल