म्याग्दी, मङ्सिर २२ गते । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिव १३ किलोमिटर दुरीको सडकमध्ये […]
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २२ गते । आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् । माटोका छाना भएका परम्परागत घरहरू । अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहनका साथै कृषि तथा पशुपालनको ग्रामीण जीवनशैली । पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम नजिकै रहेको घरपझोङ गाउँपालिका–३ […]
नेपालगन्ज, मङ्सिर २२ गते । बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापन पत्रमा पालिकाभित्र देखिएका विभिन्न प्रकारका बेथितिहरुमा तत्काल सुधारको माग गरिएको छ । नागरिक समाजका अगुवा गुफरान अली शाहका अनुसार विकास, प्रशासनिक सेवा […]
महेन्द्रनगर, मङ्सिर २२ गते । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु. एक लाख ५० हजार आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किनुभयाे । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, […]
सल्यान, मङ्सिर २२ गते । रोकिराखेको बस ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान करिब ७ः३० बजे रोकेर राखिएको ना. ४ ख.६२३२ नम्बरको खाली बस […]
बर्दीबास, मङ्सिर २२ गते । तराईका किसानको प्रमुख आयस्रोत मानिने उखु खेती अहिले आन्दोलन, अनिश्चितता र सरकारी ढिलासुस्तीको तेहोरो मारमा परेको छ । उखु किसानले अनुदान पुनःस्थापना र न्यूनतम समर्थन मूल्य कायम गर्न दबाब दिँदै आन्दोलन तीव्र बनाएपछि मुलुकभरकै चिनी मिलको चालु क्रसिङ सिजन (०८२/८३) नै प्रभावित बनेको छ । यो अवस्थाले कृषि क्षेत्रको संवेदनशीलता […]
काठमाडौँ, मङ्सिर २२ गते । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र […]
कोलम्बो, मङ्सिर २१ गते । श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ । श्रीलङ्कामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तीमा ६१८ जनाको ज्यान गएको छ । गत हप्ता आएको चक्रवातले २० लाखभन्दा बढी मानिसलाई प्रभावित पारेको छ, जुन जनसङ्ख्याको करिब १० प्रतिशत हो । यो शताब्दीको सबैभन्दा विनाशकारी चक्रवात मानिएको छ । प्रकोप […]
काठमाडौैँ ,मङ्सिर २१ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नु भएको हो । भेटम पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ भने भण्डारी नेपालको […]
धनगढी, मङ्सिर २१ गते । कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ । यस प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारको साथै कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले संघले १९ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । मङ्सिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी […]