काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर […]
गलेश्वर (म्याग्दी), १३ चैतः म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् । शिविर उद्घाटन गर्दै सहकारी […]
चैनपुर (बझाङ), ११ चैतः बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । रोग र गरिबीसँग लड्दै आउनुभएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको […]
काठमाडौँ, १० चैत : हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई […]
सिमकोट (हुम्ला), १० चैत: दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले […]
एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र […]
काठमाडौँ– मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् । मिर्गौला सम्बन्धी रोगका लक्षणहरू मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । कतिपय […]
अधिकाशं मानिसको मुख, जिब्रो तथा ओठमा स–साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । कसैको जिब्रो, कसैको ओठ, कसैको गिजा प्राय घाउँ भइरहन्छ । जसले खाना खान, बोल्न समेत समस्या हुन्छ । शरीरमा पोषणको कमी हुदाँ, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले मुख, ओठ तथा जिब्रोमा घाउ आउँछ । यस्तै खाद्य विषाक्तता, सुर्ति, पानमसला, मद्यपान, र […]
कास्की,९ चैत : पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिनुभएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा […]
जानकी (बाँके), ९ चैत : नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् । गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य […]