म्याग्दी (बेनी), भदौ २४ गते : म्याग्दीको बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधी अभाव भएको छ । अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधी वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधी मात्र उपलब्ध छन् । जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्ने सरकारको नीति भए पनि धेरै औषधी उपलब्ध छैनन् । निःशुल्क वितरण हुने औषधी अभाव हुँदा बिरामीलाई समस्या […]
वालिङ, भदौ २१ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रदेशको सिमानामा सात वर्षअगाडि विषादी परीक्षण केन्द्र खोलिएको थियो । गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले कर्मचारीको अभावमा सात वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन नसकेको बताउनुभयो । आफूहरू निर्वाचित भएपछि […]
बुटवल, भदौ २१ गते । रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ । सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको […]
अति विकसित मुलुकमा बालबालिकामा लाग्ने क्यान्सरमध्ये करिब ८० प्रतिशतको सफलतापूर्वक उपचार सम्भव हुन्छ । अत्याधुनिक औषधोपचार र प्रभावित व्यक्तिको उच्चस्तरीय स्याहारसुसारका कारण पनि यो सम्भव भएको भन्न सकिन्छ तर विडम्बना संसारभरिका क्यान्सर ग्रसित बालबालिकामध्ये केवल १० प्रतिशत मात्र ती देशमा छन् । अर्थात् बहुसङ्ख्यक यस्ता बिरामी विकासोन्मुख वा विकासशील देशमा छन् । सबै प्रकारका क्यान्सरबाट प्रताडित व्यक्ति (बालबालिका […]
सुर्खेत, भदौ १९ गते : प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । सङ्घीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो । मङ्गलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक […]
काठमाडौं, भदौ १८ गते : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन बहिरङ्ग सेवा (ओपिडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले आफ्ना मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी […]
काठमाडौँ, भदौ १६ गते । सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा […]
नवलपुर, भदौ १५ गते : नवलपुर सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टमा अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको टोलीले होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको हो । गोरखापत्रले बिहीबार ‘होटलमा अखाद्य रङको बिगबिगी, छैन बजार अनुगमन’ […]
काठमाडौँ, भदौ १४ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो । […]
बनेपा, भदौ १३ गते : धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहिचान, त्यस्ता रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपाय पहिचानका लागि जेनोप्लान परीक्षण सेवा सुरु गरेको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालकी गाइनोकोलोजिस्ट प्राडा. आभा श्रेष्ठले सिङ्गापुर, जापान, […]