खोटाङ, १ जेठः नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । […]
म्याग्दी, १ जेठः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित […]
बनियानी (झापा), ३१ वैशाख : झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप […]
अहिले आँपको मौसम हो । बजारमा जताततै आँप किन्न पाइन्छ । पाकेको आँप खान नरुचाउने मानिस विरलै भेटिन्छन् । खान स्वादिलो हुनुका साथै आँपमा प्रशस्त प्रोटिन, भिटामिन, कार्वोहाइड्रेट पाइन्छ । यसका अतिरिक्त आँपमा हुने एन्टी अक्सिडेन्ट तत्वले छालालाई नरम तथा आकर्षक बनाउन मद्दत गर्छ । यो पोषिलो तथा गुनिलो भएकै कारणले यसलाई फलफुलको राजा पनि […]
मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले पनि स्वास्थ्यमा असर गर्छ । यस्तो अवस्थामा आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु जरुरी हुन्छ । किनभने […]
सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो मासु भन्दा सेतो मासु राम्रो त ? पोषणविद् उमा कोइरालाका अनुसार सेतो मासुमा रातो मासुमा भन्दा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र […]
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ । सही ढंगले सही मात्रामा मासु खाने हो भने त्यसले शरीरलाई फाइदा गर्छ । तर सही किसिमको मासु छनोट गर्न, भण्डारण गर्न, पकाउन र खान जानिंदैन भने […]
भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त […]
शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता बढाउन भिटामिनको भूमिका हुन्छ । भिटामिन बोसोमा घुल्ने र पानीमा घुल्ने […]
बागलुङ (बलेवा), २३ वैशाख : धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेशनसमेत गराउने योजना बनाएको हो । अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ […]