चिकित्सा क्षेत्रमा प्रचलित यस रणनीतिक विधिले अहिलेसम्म पत्ता नलागेका वा जोखिम तत्वहरू पत्ता लगाउन मद्दत गर्दछ । यो व्यक्तिलक्षित वा समुदायलक्षित हुनसक्छ । विशेष लक्षण वा चिह्न देखा परिनसकेको अवस्थामै निश्चित रोग छ, छैन थाहा पाउन स्क्रिनिङ गरिन्छ । स्क्रिनिङको माध्यमबाट रोग वा स्वास्थ्य समस्याको स्थिति पत्ता लगाएर भविष्यमा रोग विकसित हुन नदिने हिसाबले रोकथामका उपाय बेलैमा अपनाउन […]
एक किसिमको बायोमार्करलाई ट्युमर मार्कर भनिन्छ । यसले व्यक्ति विशेषमा क्यान्सरको उपस्थिति वा क्यान्सर भइनसकेको अवस्थामा क्यान्सरको व्यवहार थाहा पाउन प्रयोग गरिन्छ । ट्युमर मार्करले क्यान्सरको बढोत्तरी वा उपचारप्रतिको प्रभाव पनि थाहा पाउन सकिन्छ । यसले क्यान्सर रोगको अवस्था विश्लेषण गर्न, शल्यक्रिया गरेर ट्युमर निकालेपछि बिरामीलाई निगरानीमा राख्न, औषधिको प्रभाव अनुमान गर्न, उपचारको निगरानी गर्न सघाउ पुर्याउँछ । ट्युमर […]
काठमाडौं, कात्तिक १२ गते : स्तन क्यान्सरको समस्या विश्वव्यापी रुपमा बढ्दै गएको छ। विश्वमा महिलामा सबै भन्दा बढी स्तन क्यान्सर देखिने गर्छ । स्तन क्यान्सर रोग विशेषज्ञ उपप्राध्यापक डा. सुजिता हिराचनले नेपालमा ४० वर्षमुनिका महिलामा स्तन क्यान्सरको जोखिम बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार स्तन क्यान्सर भएर अस्पतालमा आएकामध्ये एक तिहाइ ४० वर्षमुनिका र दुई तिहाइ ४० वर्ष […]
कञ्चनपुर, कात्तिक १० गते : लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका […]
सिरहा, कात्तिक ९ गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री […]
बुटवल, कात्तिक ७ गते : जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ । विसं २०६८ मा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा पञ्चतत्व हावा, पानी, माटो, जल र आकाशको माध्यमबाट उपचार गरिन्छ । त्यसै गरी यहाँ जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने […]
काठमाडौँ, कात्तिक २ गते : मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । […]
काठमाडौँ, असोज ३० गते । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढि […]
गण्डकी, असोज २८ गते : चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको […]
काठमाडौँ, असोज २८ गते: मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका […]