बेदकोट (कञ्चनपुर), २४ माघ : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका मुरलीधर जोशीको दैनिकी ज्योतिषी कर्ममै बित्छ । उहाँ सो कर्ममा लागेको दुई दशकभन्दा बढी भइसक्यो । ५९ वर्षीय जोशीले ज्योतिषी कर्म गरिरहेका मात्रै छैनन् , अँठोला परिवारको ३८ पुस्ता लामो विरासतलाई जोगाउनुभएको छ । भारतको हरिद्वारबाट पूर्वमध्यमासम्मको अध्ययनपछि आफुले बुबासँग बसेर ज्योतिष विद्या सिकेको उहाँले बताउनुभयो […]
कर्णाली, २४ माघ : कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल […]
महेन्द्रनगर (कञ्चनपुर) २४ माघः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन हुनुभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाउनुभएको छ । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाउनुभएका उहाँ पाँच दाजु÷भाइले बाँड्दा दुई कट्ठामा समेटिनुभयो । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उहाँले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा […]
खोटाङ, २४ माघ : जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकालयलाई लिखित निर्देशन दिएको हो । प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिक कारबाही हुने […]
इनरुवा (सुनसरी), २३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ” सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा […]
कास्की, २३ माघ : पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले […]
काठमाडौँ, २३ माघ : रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग […]
लुम्बिनी, २३ माघ : बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईकोे घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले […]
गोरखा, २३ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य […]
दमौली (तनहुँ), २३ माघ : तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो । विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल)को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा […]