दमौली (तनहुँ), साउन ३० गते । तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ । अन्यको हकमा भने दाहसंस्कार शुल्क चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन […]
काठमाडौँ, साउन ३० गते । विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् । आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता […]
काभ्रेपलाञ्चोक, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि […]
काठमाडौँ, साउन ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको हो । यो सँगै क्यान्सरका बिरामी भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल […]
घोराही, साउन ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १:०० बजे बैठक आह्वान गरेको […]
काठमाडौँ, साउन ३० गते। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो। सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गर्नुभयो। त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष […]
सुर्खेत, साउन २९ गते । कर्णाली सरकारले विपद्का घटनाले घरबार विहीन भएका नागरिकहरुका लागि नयाँ योजना ल्याएको छ । विपदबाट निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको हो । कानुनमन्त्री समेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार उक्त कार्यक्रमका लागि पाँच […]
काठमाडौँ, साउन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो । ‘दिनानुदिन विदेश […]
रुकुमपश्चिम, साउन २९ गते । रुकुमपश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको पीडितको गुनासो छ । जिल्लाको आठबिसकोट नगरपालिका –१२ का चार जना र मुसीकोट नगरपालिका –७ का एक जनाको बाढीका कारण मृत्यु भएको छ […]
त्रिवेणी (नवलपरासी), साउन २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर […]