काठमाडौँ, १ जेठः आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ । सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ […]
कञ्चनपुर, १ जेठः उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ […]
खोटाङ, १ जेठः नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । […]
काठमाडौँ, १ जेठः स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ । यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको […]
काठमाडौँ, १ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी […]
नवलपरासी, १ जेठ : पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य […]
बनियानी (झापा), ३१ वैशाख : झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप […]
काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएराति फ्लाई दुबईबाट […]
बागमती, ३१ वैशाख : बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको […]
टीकापुर (कैलाली), ३१ वैशाख : रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो […]