alliance khabar

बुधबार, साउन ३०, २०८१

दमौली (तनहुँ), साउन ३० गते ।

तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

अन्यको हकमा भने दाहसंस्कार शुल्क चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँकानुसार देवघाटमा मासिक करिब १७ वटा बेवारिसे शवको दाहसंस्कार हुने गरेको छ । तनहुँ, चितवन र नवलपुरबाट विपन्न व्यक्तिको दाहसंस्कार निःशुल्क गरिदिन सिफारिस आउने गरेको बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भरतपुर अस्पतालबाट बेवारिसे शव दाहसंस्कारका लागि यहाँ ल्याउने गरिएको छ । त्यस्ता शव दाहसंस्कारको सम्पूर्ण व्यवस्थापन समितिले गरिरहेको छ । यस्तै तीनवटै जिल्लाबाट विपन्नका लागि निःशुल्क दाहसंस्कार गर्न सिफारिससमेत आउने गरेका छन् ।” देवघाटमा दैनिक सरदर सात वटा शवको दाहसंस्कार हुँदै आएको छ । समितिले दाहसंस्कारका लागि वनसँग दाउरा खरिद गर्ने गरेको छ ।

यसैगरी समितिले देवघाट आश्रमका ज्येष्ठ नागरिकको मासिक रूपमा स्वास्थ्य परीक्षण गराउन थालेको छ । समितिद्वारा सञ्चालित आश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या नआओस् भनेर मासिकरुपमा परीक्षणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक बरालले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको समितिका लागि चालु आर्थिक वर्षमा ८७ लाख बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ ५० लाख र चालुतर्फ ३७ लाख बजेट छ । समितिले पार्किङ, डुङ्गा सञ्चालन र व्यापारिक सटरबाट आन्तरिक आम्दानी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल