alliance khabar

बुधबार, साउन ३०, २०८१

घोराही, साउन ३० गते ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।

प्रदेश सभाले बुधवार सूचना प्रकाशित गर्दै भदौ ४ गते दिउँसो १:०० बजे बैठक आह्वान गरेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो ।

साउन ७ गते मुख्यमन्त्री बनेर ९ गते शपथ ग्रहण र पदभार ग्रहण गर्नु भएका मुख्यमन्त्री आचार्यले सरकारलाई पूर्णता दिन सक्नु भएको छैन । एमाले र कांग्रेसबाट ४/४ मन्त्री नियुक्त गरेपनि अझै ३ मन्त्रालय खाली रहेका छन् ।

सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ भने मुख्यमन्त्री आचार्य साना दलहरूलाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल