बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बागमती, असार ६  गते : बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते […]

दुई वर्षदेखि वायु प्रदूषण मापन केन्द्र बन्द

घोराही, असार ६ गते : दाङमा वायुको गुणस्तर मापनका लागि छ वर्षअघि स्थापना भएको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ । वातावरण विभागले एक करोड २५ लाखको लागतमा २०७५ साल जेठ महिनामा घोराही उपमहानगरपालिका–२, रामपुरमा केन्द्र स्थापना गरेको हो । वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रिँदा दुई वर्षदेखि जिल्लाको वायु गुणस्तरको जानकारी आउन सकेको छैन । घोराही उपमहानगरपालिका–२, […]

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

नेपालगन्ज, असार ६ गते : पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो । नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, नेपालगन्ज […]

सर्लाहीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही,  असार ६ गते : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको […]

कुलेखानी जलाशयमा नौ लाख माछाका भुरा छाडियो

हेटौँडा, असार ५ गते : मकवानपुरको कुलेखानीमा नौ लाख माछाका भुरा छाडिएको छ । इन्द्रसरोवर रिजर्भवायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २० हजार माछाका भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले आठ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका […]

चुनावी नारा मात्र बन्यो जनकपुरको फोहोर व्यवस्थापन

जनकपुरधाम, असार ५ गते : स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले वि.स. २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएपछि जनकपुरधामको जटिल समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको थियो र साथै उहाँले […]

सुरक्षार्थ खटेका प्रहरीद्वारा आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं, असार ५ गते : संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताउनुभयो । घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयाे । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

रामपुर (पाल्पा), असार  ५  गते :  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा […]

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ, असार ५ गते : राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ । उहाँ बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर […]

प्रदेश सरकारको करमा परिमार्जन

हेटौँडा, असार ४ गते  : बागमती प्रदेश सरकारलाई आफैँले निर्धारण गरेको कर, शुल्क सङ्कलनमा समस्या हुँदै आएको छ । लक्ष्य अनुसारको कर, राजस्व आय सङ्कलन नहुँदा आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको छ । कर, राजस्व सङ्कलन वृद्धि र व्यवस्थित गर्न बागमती प्रदेश सरकारले विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा प्रस्तुत गरी करमा सहुलियत र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल