Alliancekhabar

शुक्रबार, भाद्र २८, २०८१

सल्यान, भदौ  २८ गते : वर्षाले राप्ती राजमार्ग र दाङ–सुर्खेत सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार रातीदेखि परेको वर्षाले राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक माथिबाट ठुलो पहिरो गएको र जेसिबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

यस्तै, दाङ–सुर्खेत सडक खण्डअन्तर्गत सल्यानको कालिमाटी गाउँपालिका ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको प्रहरीको भनाइ छ । निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबी लिन नै समस्या परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल