चितवन, साउन ६ गते : नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई बताउनुभयो । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको […]
काठमाडौँ, साउन ६ गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी दलको साझा […]
काठमाडौँ, साउन ६ गते : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयोे ।
धुलिखेल (काभ्रे), साउन ६ गते :जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ । ‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो । धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल […]
काठमाडौँ, साउन ६ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी […]
काठमाडौँ, श्रावण ४ – क्लास नेपालद्वारा सञ्चालित “नीति निर्माणमा कामदारहरूको सहभागिता पुनरावलोकन एक सारभूत संवाद ” एक दिवसीय अन्तरक्रिया कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(JTUCC ) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले राज्यको नीति निर्माण तहमा श्रमिक वर्गको प्रतिनिधित्वमा अभाव रहेको बताउनुभयो। रोजगारदाताले श्रमिकलाई यो वा त्यो बहानामा अकारण सेवाबाट हटाउँछ भने, त्यस्तो अवस्थामा ट्रेड युनियनले […]
काठमाडौँ, साउन ५ गते : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल […]
ताप्लेजुङ, साउन ५ गते : ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका–३ […]
डोल्पा, साउन ५ गते : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले हालसम्म एक हजार आठ सयभन्दा बढी प्रवेशाज्ञा […]
काठमाडौँ, साउन ५ गते : वर्षायाम सुरु भएसँगै नेपालमा छालामा नाइरोबी फ्लाई किराको सङ्क्रमण बढ्ने गर्छ । यो मौसममा पाइने नाइरोबी फ्लाई किराको सम्पर्कमा आएपछि छालामा सङ्क्रमण बढ्ने चिकित्सकको भनाइ छ । अहिले मुख्यगरी तराईका जिल्लामा यो किराको सङ्क्रमण बढेको छ । सिभिल अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले पछिल्लो केही दिनदेखि अस्पतालमा नाइरोबी फ्लाई किराले गर्दा छालामा […]