मन्त्रीहरूको कार्यसम्पादन करार सम्झौता

जनकपुरधाम,भदौ,१ गते । मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सरकारका मन्त्रीहरू र मुख्यमन्त्रीबिचमा दुईपक्षीय सम्झौता भएको हो । कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष […]

वाग्मती सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने

काठमाडौँ, भदौ १ गते । वाग्मती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ […]

आजको मौसम…

काठमाडौँ, भदौ १ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेको छ। शनिबार बिहान बागमती र गण्डकी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ भने बाँकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन […]

जरिबानाकेन्द्रित ट्राफिक प्रहरी

काठमाडौँ, भदौ १ गते । नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै […]

टेलिकमको रिचार्ज र प्याकेज खरिद ४ घण्टा बन्द हुने

काठमाडौँ, साउन ३२ गते नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ। नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ। नेपाल […]

परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमणमा जाने

काठमाडौँ ,साउन ३२ गते परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जान लाग्नुभएको छ। परराष्ट्रमन्त्री भएपछि डा. आरजु राणा आउँदो आइतबार पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो। डा. राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो। डा. राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री […]

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल राजदूतमा सिफारिस

काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।

पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

डडेलधुरा, साउन ३२ गते । आलीताल खोलामा पुल नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । बर्खाको समयमा विद्यालय पढ्ने बालबालिकादेखि बिरामी, वृद्धवृद्धाले ज्यानको जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । आलीताल भएर बग्ने रङ्गुन र परशुराम भएर बग्ने पन्तुरा खोलामा पुल छैन । पन्तुरा खोलामा पुल नहुँदा परशुराम नगरपालिका–६ र ७ का हजारौँ स्थानीयले […]

चार सय ५० थान भेप बरामद

वीरगञ्ज, साउन ३२ गते ।  सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाईछिपाई लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी […]

मुकुल ढकाललाई पार्टीबाट हटाउन सभापति लामिछानेद्वारा अन्तिम अस्त्र प्रहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेतबाट हटाउन प्रपञ्च रचेका छन् । सभापति लामिछानेले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन लागेका हुन् । आफ्नो आलोचना नरुचाउने लामिछानेले ढकालाई सबैभन्दा ठूलो समस्या देखेका छन् । सभापति लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल