काठमाडौँ, जेठ २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, […]
काठमाडौँ, जेठ २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताउनुभएको छ। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भए पनि यो विषय सामूहिक तथा नीतिगत सहमतिबाट अघि बढ्ने उहाँको भनाइ छ। […]
काठमाडौँ, जेठ २७ गते । आज (बुधबार) देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश […]
काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीद्वयले […]
काठमाडौँ, जेठ २६ गते । संसद्को गतिरोध अन्त्य गर्न सत्तारूढ र विपक्षी दलहरूबिचको छलफल सहमतिबिना नै टुङ्गिएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबिच सोमबार करिब तीन घण्टा सर्वदलीय छलफल भएको थियो । तर संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमतिबिनै छलफल टुङ्गियो । रास्वपाका महामन्त्रीसमेत […]
काठमाडौँ, जेठ २६ गते । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाभन्दा बढी रहेको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार उमेर समूहका आधारमा ३० […]
काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया […]
बुटवल, जेठ २५ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दुई प्रदेशका बिरामी उपचारका लागि आउने गर्छन् । पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ भने अस्पतालले समेत बिरामीको सुविधालाई ध्यान दिँदै सेवा विस्तार गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, पर्वत, नवलपुरका बिरामी अस्पतालमा उपचारका लागि आउँछन् । अस्पताल प्रशासनले बिरामीलाई […]
चौमाला (कैलाली), जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनका लागि आइतबार राति भएको निर्वाचनबाट ठकुल्ला ३३५ मतसहित सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गर्नुभएको छ। उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ। पाँच जना प्रतिस्पर्धीलाई […]
काठमाडौँ, जेठ २५ गते । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल […]