बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो । सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक […]
भक्तपुर, वैशाख २१ गते । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । […]
काठमाडौँ, वैशाख २१ गते । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त […]
काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसदमा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्लाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको नेकपा (एमाले) […]
काठमाडौँ, वैशाख २० गते । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ । नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न÷मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो । […]
काठमाडाैं, वैशाख २० गते । जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५ र ६ ‘मे’ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । सम्मेलन एक्नसएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको सहकार्यमा आयोजना र सञ्चारिका समुहको सहकार्यमा हुन लागेको हो । यो दुई दिने राष्ट्रियस्तरको […]
काठमाडौँ, वैशाख २० गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उहाँले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति […]
काठमाडौँ, वैशाख १९ गते । अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ । यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बिमा गर्ने र उपचारको प्रस्थानविन्दु पनि स्थायी बसोबास हुने ठाउँमा मात्र हुने गर्दथ्यो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघु काफ्लेले अबदेखि अस्थायी बसोबास रहेको ठाउँबाट पनि बिमा गर्न सकिने […]
काठमाडौँ, वैशाख १९ गते । नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले पनि बुधबार रातिदेखि नै देशव्यापी बदली र वर्षा सुरु भएको हो । बङ्गालको खाडीबाट राम्रो जलवाष्पसहितको प्रणाली र स्थानीय वायुको विकास पनि सँगै हुँदा […]