‘किसानमुखी नीति प्राथमिकतामा’

काठमाडौँ, असार २१ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयले डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय सहकार्य र किसानमुखी नीतिलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ । नयाँ सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेको कार्यसम्पादनको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले कृषि तथा पशुपन्छी बिमा प्रणालीलाई थप […]

‘अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि अस्थिर’

काठमाडौँ, असार २१ गते । विगत ३५ वर्षमा नेपालमा भएका तीन वटा अस्वाभाविक कर्जा विस्तार (क्रेडिट बुम) ले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको कार्यपत्र ‘एन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम : १९९०–२०२५’ का अनुसार क्रेडिट बुमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र सङ्कट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र […]

यस्तो छ आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार २१ गते । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी […]

बागमती प्रदेशकोे बजेट पारित

मकवानपुर, असार २१ गते  । बागमती प्रदेश सभाबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको शनिबार बसेको बैठकबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट आगामी साउन १ गतेदेखि खर्च गर्ने बाटो खुलेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री […]

रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

काभ्रेपलाञ्चोक, असार  १९  गते ।  यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँसभाको अधिवेशनले वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था उल्लेख गरेपछि बजेटसमेत सुनिश्चित भएको हो । अध्यक्ष दिनेश लामाद्वारा प्रस्तुत नीति […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, असार  १९  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]

यस वर्ष कामपामा विपद्का घटनामा कमी

काठमाडौँ,  असार १९ गते ।  अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना भएको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो । प्रमुख नेपालका अनुसार कामपामा हुने […]

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ,  असार १९ गते ।  पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिनुभयो । गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले […]

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौँ,  असार १९ गते । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ […]

मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षा

काठमाडौँ, असार १९ गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बादल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ