नेपालगन्ज, मङ्सिर ८ गते । नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ । विक्रम संवत् २०४३ सालमा स्थापना भएको सो अस्पतालले ओपीडि सेवा मार्फत २९ लाख २९ हजारभन्दा बढीको आँखाको उपचार गरेकोमा ती मध्ये दुई लाख ९१ हजार ५५३ जनाको आँखाको […]
बर्दिबास, मङ्सिर ८ गते । ‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–७ बालविवाहमुक्त वडा घोषित भएको छ । वडाको प्रेमनगरस्थित शिव मन्दिर परिसरमा आयोजित ‘घोषणा सभा–२०८२’ मा सामूहिक हस्ताक्षरसहित साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बालविवाहमुक्त वडा घोषणा गरिएको हो । १४ वटा वडा रहेको बर्दिबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या […]
पश्चिम नवलपरासी, मङ्सिर ८ गते । कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ । आइतबार भएको छलफलमा मन्त्रालयका अधिकारी, सम्बद्ध निकायका प्रतिनिधि र किसान महासंघका प्रतिनिधिहरू सहभागी थिए । लागतका आधारमा मूल्य निर्धारणको माग छलफल […]
बागलुङ, मङ्सिर ८ गते । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रवर्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै २० लाख […]
काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर […]
म्याग्दी, मङ्सिर ८ गते । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका […]
काठमाडौँ,मङ्सिर ८ गते । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय […]
काठमाडौँ, मङ्सिर ८ गते । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने […]
काठमाडौँ, मङ्सिर ७ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै प्रक्रियासमेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियतापछि अर्थ मन्त्रालयले पनि हालैको जेनजी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनको खरिद प्रक्रिया […]
चरीकोट, मङ्सिर ७ गते । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक […]