इलामको सूर्योदयका सबै कर्मचारीको एक दिनको तलब बाढीपीडितलाई

पशुपतिनगर(इलाम), असोज २६ गते ।  इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानै देखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाई सकेको छ । नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई […]

प्रतापपुर गाउँपालिकाको अस्थायी र करार सेवाका नियुक्ति रद्द गर्ने निर्णय

नवलपरासी पश्चिम, असोज २६ गते ।  नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाले गाउँपालिका र गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा रहेका अस्थायी, करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुको नियुक्ति र करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको यही असोज २४ गते बसेको बैठकले नेपाल सरकारको ताजा निर्णय कार्यान्वयन गर्दै आगामी २०८२ कात्तिक १ गतेदेखि लागू हुने […]

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा),  असोज२६ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु. २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त […]

प्रथम वामी फुटसलको उपाधी काँडेबासलाई

रेसुङ्गा(गुल्मी), असोज, २६ गते ।  गुल्मीको टक्सार युनाइटेड वामीटक्सारको आयोजनामा सञ्चालन भएको प्रथम वामी फुटसल प्रतियोगीताको उपाधी बजार व्यवस्थापन समिति काँडेबास बागलुङले जितेको छ । प्रतियोगीताको उपबिजेता बाल संरक्षण मञ्च गल्कोट बाग्लुङ भएको आयोजकले जनाएको छ । विजेता र उपविजेताले क्रमशः ३० र २० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा […]

क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बिमाबापत सबैभन्दा धेरै भुक्तानी

काठमाडौँ, असोज २६ गते । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो । प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत […]

युगदेखि युगसम्म सार्वजनिक

काठमाडौँ, असोज २६ गते । महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमबिच हमालसहित उहाँकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । पुस्तकमा उहाँको जीवनयात्रा, चलचित्रसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका छन् […]

अलैँचीको उत्पादन बढ्दा मूल्य घट्यो

काठमाडौँ, असोज २६ गते । प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैँचीको उत्पादन बढेको छ । उत्पादन बढ्दा यस वर्ष अलैँचीको मूल्य भने घटेको छ । गत वर्ष उत्पादन घट्दा मूल्य बढे पनि यस पटक भने घटेको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार यस वर्ष अलैँचीको मूल्य घटेर प्रतिमन (४०केजी) ८१ हजारदेखि ८५ […]

थपिए चालिस हजार मतदाता

काठमाडौँ, असोज २६ गते । पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् । उपनिर्वाचनको मिति घोषणापछि असारमा रोकिएको नामावली सङ्कलन असोज ८ गतेदेखि खुला भएको हो । प्रतिनिधि सभा सदस्यको फागुन २१ मा […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असोज २६ गते ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७९ पैसा र बिक्रीदर १६४ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन

सप्तरी, असोज २५ गते।  चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ। लामो समयको प्रतिक्षापछि राजविराज नगरपालिका वडा नम्बर २ राजदेवीचौक स्थित नवनिर्मित बसपार्क जेनजी युवाको दबाबपछि सञ्चालमा आएको हो। बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरक्षेत्र भित्र जथाभावी सडकमै सार्वजनिक सवारी साधन पार्किङ्ग गर्ने र त्यहींबाट […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल