बागलुङ, चैत ४ गते । पश्चिम बागलुङ हुँदै बग्ने भुजीखोलाको बाढीले क्षति पु¥याएको पाँच वर्ष बितिसकेको छ । २०७७ भदौ १७ गते भुजीखोलाको बाढीमा परी ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ताको सूचीमा छन् । ढोरपाटन नगरपालिका–९ को बुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि ठुलो बाढी आएको थियो । बोबाङमा १२६ भन्दा बढी घरपरिवार बाढीपहिरोपीडित भएका थिए । […]
बागलुङ, चैत ४ गते । सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठुला गोदाममा गरिएको अनुगमनमा खानेतेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउने क्रममा […]
बैतडी, चैत ४ गते । गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क […]
पश्चिम नवलपरासी, चैत ३ गते । पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख दुईदेखि असार ७ गतेसम्म हुने गणनाका लागि परासीमा साविकको करदाता सेवा कार्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रमुख कोष नियन्त्रक कमल सापकोटा लगायत सरोकारवालाको उपस्थितिमा कार्यालय […]
काठमाडौँ, चैत ३ गते । नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा […]
काठमाडौँ, चैत ३ गते । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात […]
काठमाडौँ, चैत ३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, चैत ३ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ । अमेरिका र चीनबिच लामो […]
काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय […]
कुश्मा, पर्वत चैत २ गते । एक बारको जिन्दगीमा हरेक मानिससँग आफ्नै इच्छा र सपना हुन्छन् । केही गरुँ भनी हुटहुटी बोक्ने युवाले फरक सपना देख्ने गर्दछन् । सपना देख्नेमध्ये थोरैले मात्र कठिन र चुनौतीपूर्ण मानिएको आफ्नो लक्ष्य हासिल गर्छन् । भारत र नेपालमा रहेका धार्मिक ज्योतिर्लिङगको दर्शन पैदल यात्रा नै पूरा गर्नु भनेको कठिन […]