बेलायत, वैशाख ३१ गते । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र […]
काठमाडौँ, वैशाख ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो […]
माछापुच्छ्रे (कास्की), वैशाख ३१ गते । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन […]
काठमाडौँ, वैशाख ३१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखा पर्न […]
कल्याणपुर (सप्तरी), बैशाख २९ गते । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ । आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, हवनका […]
हिले, वैशाख ३० गते । एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा एलएक्स सिटीले डाँडा वजार फुटबल क्लब धनकुटालाई २–० गोल अन्तरले पराजित गरेको हो । छैठौँ मिनेटमा अभिषेक ठकुरीले पहिलो गोल गर्नुभयो । त्यस्तै ५१औँ मिनेटमा सिटीको लागि अरुण तामाङले दास्रो गोल […]
काठमाडौँ, वैशाख ३० गते । प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार आयरल्यान्ड पठाउने भनी ४१ लाख ९० हजार रुपियाँ ठगी गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ३५ वर्षीय प्रेमबहादुर साउद पक्राउ परेका छन् […]
भूमे रुकुमपूर्व, बैशाख ३० गते । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् । गाउँमा पहिले पनि कृषि उत्पादन हुने गरेकोमा सहकारीले बजारीकरण गर्न थालेपछि किसानले बजारसँगै उचित मूल्य पाउन थालेका हुन् । यसले स्थानीय उत्पादनमा बृद्धि हुन थालेको छ । […]
लन्डन, वैशाख ३० गते । बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ […]