alliance khabar

आइतबार, साउन ०४, २०८२

काठमाडौँ, ३ साउन :

खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि दुई दिने शिक्षक प्रशिक्षण सुरु भएको छ ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नेपाल र भारतका गरी ५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा नेपालका ४६ र भारतका चार जना शिक्षकको सहभागिता रहेको सोसाइटीका अध्यक्ष सुरेश जानकारी दिनुभयो ।

प्रशिक्षणमा विज्ञान शिक्षा र विज्ञान कूटनीतिका बारेमा पनि सहभागीलाई ज्ञान दिइने छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै अष्ट्रियाका लागि पूर्व नेपाली राजदूत प्रकाशकुमार सुवेदीले विज्ञान कूटनीतिका बारेमा जसरी काम हुनुपर्ने त्यसरी हुन नसकेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममा विज्ञान कूटनीतिका विषय समेटिए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सरोकार भएका सरकारी एवं गैरसरकारी निकायले प्रविधिलाई नै विज्ञान भनेर बुझिदिँदा समस्या भएको उहाँको भनाइ छ । थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको अनुसन्धाता डा मतिपोन ताङमतिथामले शिक्षक समाजका अगुवा भएकाले उनीहरुलाई प्रशिक्षित गरिए यस विषयमा जागरण फैल्याउन सकिने भएकाले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

थाइल्याण्डमा काम गर्दाका अनुभव अन्य देशमा बाँडेर खगोल विज्ञानको क्षेत्रलाई समृद्ध बनाउने उहाँको भनाइ छ । थाइल्याण्डमा १६ वर्ष अघि संस्थाको स्थापना हुनुअघि जम्मा तीन जना खगोलशास्त्री रहेकामा अहिले ३०० भन्दा बढीलाई यसको ज्ञाता बनाउन सकिएको पनि अनुसन्धाता ताङमतिथामले सुनाउनुभयो । थाइल्याण्डमा अहिले यस क्षेत्रमा गहिरिएर अनुसन्धान गर्नेको सङ्ख्या ३३ पुगेको जानकारी पनि पनि उहाँले कार्यक्रममा दिनुभयो ।

प्रशिक्षणमा नेपालका सात र थाइल्याण्डका छ जना विज्ञले तालिम दिने जनाइएको छ । तालिमपछि प्रशिक्षार्थीले नेपाल र भारतका विद्यार्थीका साथै समुदायस्तरमा पनि यस विषयमा जनचेतना जगाउने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल