बागलुङ, जेठ ५ गते । बालविवाह रोक्न पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा गठित आमा समूह सक्रिय हुन थालेका छन् । मध्यपहाडी लोकमार्गले छिचोले पनि निसीखोलाको अधिकांश क्षेत्र अति विकट रहेकाले त्यहाँ बालविवाह हुने क्रम रोकिएको छैन । कम उमेरमा विवाह गर्दा आफूहरूले भोगेको दुःख आफ्ना सन्ततिले भोग्न नपरोस् भन्दै ‘नियमित आमा समूह’ गठन गरी उहाँहरूले बालविवाहबारे सचेतना जगाउन थाल्नुभएको हो । […]
ओखलढुङ्गा, जेठ ५ गते । ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी रहेपछि खानेपानी, वासस्थान र शौचालयको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । २५ जनाको मात्र क्षमता रहेको कारागारमा हाल ७४ जना कैदीबन्दी रहेका छन्, जसमा ५५ जना कैदी र १९ जना थुनुवा छन् । उनीहरूमध्ये सात जना महिला कैदी रहेका छन् । जिल्ला कारागारका निमित्त […]
कल्याणपुर (सप्तरी), जेठ ५ गते । सप्तकोशी नगरपालिका–४ की ममतादेवी सदाको परिवारमा सात सदस्य छन् । श्रीमान्, ससुरासँगै तीन छोरी र एक छोरासहितको उहाँको परिवार अर्काको जग्गामा फुसको घर बनाएर जेनतेन बस्दै आएको थियो । दैनिक मजदुरी गरेर पेट पाल्ने उहाँको परिवारलाई एकातिर हावाहुरी र घामपानीबाट घरलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता हुने गथ्र्याे भने अर्कातिर जग्गावालाले बेला […]
तम्घास (गुल्मी), जेठ ५ गते । पहिले गाउँमा सडक, स्वास्थ्य र शिक्षाको अभाव भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकास गाउँतिर उकालो चढ्दै छ, गाउँका मानिस ओरालो झर्दै छन् । गाउँका टोलबस्तीमा सडक सञ्जाल पुगेको छ, बाटाहरू स्तरोन्नत हुँदै गएका छन् । ग्रामीणस्तरमा नै माध्यमिक तहसम्मको पढाइ हुन्छ भने स्वास्थ्यको राम्रै प्रबन्ध मिल्दै […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म […]
लमजुङ, जेठ ४ गते । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति […]
काठमाडौँ, जेठ ४ गते । मिर्गौला प्रत्यारोपण गर्नुभएका सोलुखुम्बुका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि सगरमाथा चढ्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको छ । सगरमाथाको सफलतापूर्वक आरोहण गरी फर्किनुभएका शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ । उहाँलाई स्वागत गर्न अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । शेर्पाले बुधबार बिहान ९ बजेर ३० […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायिक काममा खर्च बढ्न सक्छ । अरूका काममा समय खर्चनुपर्ने हुनाले आफ्ना काममा ढिलाइ हुन सक्छ । यद्यपि, सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि विचार पुर्याउनुहोस् । आफन्त तथा साथीहरूको साथ र हौसला मिल्नेछ, जसले मन प्रफुल्ल बनाउनेछ । वृष […]
काठमाडौँ, जेठ ३ गते। प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको […]
बर्दिबास, जेठ ३ गते । बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ । पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा पनि फैलिदै गएको उहाँहरुले बताउनुभयो । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले शनिवार बर्दीबासमा आयोजना गरेको […]