काठमाडौँ, असोज २८ गते । नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ । आन्दोलनले धितोपत्र दर्तादेखि बजार नियमनसम्मका सबै प्रक्रिया प्रभावित भएका छन्, जसले लगानीकर्ता र पुँजी बजारमै गम्भीर प्रभाव पार्न […]
काठमाडौँ, असोज २७ गते । भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसहित उक्त नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश साह, कानुन अधिकृत प्रकाश कुमार शाही, […]
धनगढी, असोज २७ गते । चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । चाडपर्व खर्चसहित महङ्गी भत्ता र पोशाक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीले आज सामाजिक विकास मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गरेका छन् । भत्ता भुक्तानी नभएमा […]
बागलुङ, असोज २७ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्यसम्बन्धी बिरामीले सेवा लिएका हुन् । […]
लमजुङ, असोज २७ गते । अरिङ्गालले चिल्दा लमजुङमा एक जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो । आइतबार साँझपख घर नजिकै बाटोमा हिँड्दै गर्दा तिवारीलाई धेरै सङ्ख्यामा अरिङ्गालले चिलेका थिए । धेरै वटा अरिङ्गालले एकैसाथ शरीरका विभिन्न अङ्गमा चिल्दा गम्भीर […]
पश्चिम नवलपरासी, असोज २७ गते । उखु किसानहरूको लामो समयदेखिको माग सम्बोधनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ । उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवका अनुसार, आइतबार कृषि मन्त्री डा. मदन परियार सहभागी छलफलमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग महासंघका प्रतिनिधिहरूको भेटवार्ता भएको हो । सिंहदरबारमा आयोजित यस छलफलले किसानका समस्या […]
काठमाडौँ, असोज २७ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको […]
भोजपुर,असोज २७ गते । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो । विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा […]
काठमाडौँ, असोज २७ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री […]
कालीकोट, असोज २७ गते । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । गत २१ मा सबै शाखालाई परिपत्र गर्दै कात्तिक १ गतेदेखि लागू हुने गरी करारका कर्मचारीलाई काममा नलगाउन निर्देशन गरेको छ । यस अघि कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्लालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै […]