इनरुवा (सुनसरी), साउन १९ गते । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले […]
दुबई, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल […]
बाजुरा, साउन १८ गते । बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् । २०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ […]
धनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताउनुभयो । यस आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर […]
मन्थली (रामेछाप), साउन १८ गते । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले […]
काठमाडौँ, साउन १८ गते । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले […]
कल्याणपुर (सप्तरी), साउन १८ गते । जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष […]
जनकपुरधाम, साउन १८ गते । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१ /८२ मा रु तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व सङ्कलन गरेको छ । सवारीसाधनको नवीकरणलगायत विभिन्न शीर्षकमा मन्त्रालयअन्तर्गतको आठ जिल्लाको कार्यालयबाट उक्त राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८१ को साउनदेखि […]
पर्वत, साउन १८ गते । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले बिहानदेखि नदीको सतहदेखि […]
बेइजिङ, साउन १७ गते । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा चीनको युनान प्रान्तको कुनमिङ्गस्थित युआनोथोङ बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना गरिएको छ । एक हजार दुई सय वर्ष पुरानो सो बिहारमा स्थापित सुनको लेपन गरिएको ७० किलोको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद् उपहारस्वरूप प्रदान गरेको हो । युनानको युनान बुद्धिस्ट सङ्घद्वारा शुक्रबार […]