मनास्लु क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

सुलीकोट, माघ ३ गते ।  चिसो मौसम सुरु भएसँगै देशका धेरै पर्यटकीय गन्तव्य सुनसान बन्दै गएका बेला विश्वप्रख्यात उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु संरक्षण क्षेत्रमा भने विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमाली भेगमा कठ्याङ्ग्रिने जाडो, हिमपात र चिसो हावाका बाबजुद पनि आन्तरिक तथा बाह्य पर्यटकको निरन्तर आवागमनले मनास्लु क्षेत्रको पर्यटन गतिविधि चलायमान बनेको […]

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौँ, माघ ३ गते ।  काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् । विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो । गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा […]

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

काठमाडौँ, माघ ३ गते । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट […]

देउवा नेतृत्व कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

ललितपुर , माघ ३ गते ।  शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज  शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक आज २०८२ माघ ३ गते शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हाे । […]

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काठमाडौं , माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णय […]

भूकम्पलगायत विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान

काठमाडौँ, माघ २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताउनुभयो । मन्त्री अर्यालले […]

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौँ, माघ २ गते । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो । नियमित कार्यसूची अनुसार नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सल्यानमा ३९ नाल भरुवा बन्दुक बरामद

सल्यान, माघ २ गते। सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ। पछिल्लो पटक जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित शान्ति सुरक्षा सामुदायिक वन क्षेत्रबाट छ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो। प्रहरीका अनुसार यसअघि जिल्लाका विभिन्न स्थानबाट ३३ नाल […]

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक प्रचण्ड

चितवन, माघ २ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको  उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो। तर […]

यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ, माघ २ गते ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ