काठमाडौं, मङ्सिर २ : दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एसए प्रहरी आयुक्त ग्रान्ट स्टिभेन्सले ब्रेभेट सार्जेन्ट जेसन डोइग, ५३ को मृत्यु भएको पुष्टि गर्नुभयो । डोइगले एसएको […]
कात्तिक २२ गते । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो […]
काठमाडौँ, १४ कात्तिक (रासस) : दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक […]
गण्डकी, १४ कात्तिक : नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गर्नुहुने जनाइएको छ । महासचिव […]
काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो […]
‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको टाइम्स अफ इजराइलले बताएको छ । उहाँका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ । यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न […]
संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ । “गाजा कतै पनि सुरक्षित छैन”, प्यालेस्टिनी क्षेत्रका […]
जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको आवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले गरेको भविष्यवाणीभन्दा केही राम्रो […]
चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो […]
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजराइली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । इजराइजली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेर्रेसले समर्थन गरेको आरोप लगाएका थिए । इजराइल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलबार भएको बैठकलाई सम्बोधन गर्दै सुयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले […]