दिल्लीमा तीव्र वायु प्रदूषण

नयाँदिल्ली, कात्तिक १५ गते : दीपावलीको पूर्व सन्ध्यामा प्रदूषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ । आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको […]

इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

वासिङ्टन, कात्तिक १० गते : संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । “हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो । इजरायली […]

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

इनरुवा (सुनसरी),  कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय […]

विपद् व्यवस्थापनमा विश्व बैङ्कले १५० मिलियन डलर ऋण दिने

काठमाडौँ, कात्तिक ८ गते : विश्व बैङ्कद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैङ्कको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा रामप्रसाद […]

महिला टी–२० विश्वकपले नयाँ च्याम्पियन पाउने

शारजाह, कात्तिक ४ गते । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ । न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा […]

अस्ट्रेलियाद्वारा कार्ड भुक्तानी अधिभारमा प्रतिबन्ध लगाउने घोषणा

क्यानबेरा (अस्ट्रेलिया), कात्तिक २ गते : अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टिफन जोन्सले सरकार केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधीनमा २०२६ बाट बिक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिबन्ध गर्न तयार रहेको घोषणा गर्नुभयो । अस्ट्रेलियालीहरूले […]

नेपालमा सम्पन्न ITUC-AP सम्मेलन: श्रम बजारमा जलवायु परिवर्तन र श्रमिकका समस्यामा गम्भीर छलफल

काठमाडौँ, असोज अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रीय परिषद (ITUC-AP) को महत्वपूर्ण बैठक असोज २२ र २३ गते नेपालमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो। कार्यक्रममा ITUC-AP का सदस्य देशहरू र आवद्ध महासंघहरूका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस, जिफण्ट, र […]

मर्दी हिमालको हाइ क्याम्पबाट चिनियाँ पर्यटकको उद्धार

लेखनाथ, असोज २६ गते । कास्कीको माछापुच्छ्रे् गाउँपालिका वडा नम्बर ९ मा मर्दी हिमाल पदयात्राको हाइ क्याम्पबाट सम्पर्कविहीन एक चिनियाँ पर्यटकलाई सकुशल उद्धार गरिएको छ । बुधबार बिहान हाई क्याम्पबाट गलत बाटो जानुभएकी २३ वर्षीया बेलालाई शुक्रबार दिउँसो उद्धार गरिएको हो । मङ्गलबार राति हाइ क्याम्पको होटल नमस्तेमा बसेर बुधबार बिहान उहाँ यात्रामा निस्कनु भएको […]

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं, असोज २६ गते ।  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,असोज  २५  गते :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल