फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ, असोज १० गते।  सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको […]

माओवादीको केन्द्रीय समिति भङ्ग, आगामी मङ्सिरमा विशेष महाधिवशेन

काठमाडौँ, असोज १० गते।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य […]

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

काठमाडौँ, असोज १० गते । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ । “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई फेसबुक र ट्वीटर जस्ता सामाजिक […]

‘मधेश प्रदेशमा कांग्रेसले नेतृत्व लिनु पर्छ’

जनकपुरधाम, असोज १० गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ । जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न पूर्वको झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आउनुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस धनुषाको क्षतिग्रस्त पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउनमा सबैभन्दा […]

जाँचबुझ आयोगले थाल्यो काम

काठमाडौँ, असोज १० गते  ।  जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ । नेपाल सरकारका सहसचिवलगायत आवश्यक […]

देउवा दम्पतीको स्वास्थ्यमा पूर्ण सुधार

काठमाडौँ, असोर ८ गते।  नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ हुनुभएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो । देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता […]

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, असोज ८ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक […]

नामेट भयो बस्ती विकासको इतिहास

चितवन, असोज ८ गते । चितवनको बस्ती विकासमा भएको जग्गासम्बन्धी प्रमाणपुर्जा जेनजी समूहको आन्दोलनका क्रममा गरिएको आगलागीमा जलेर नष्ट भएको छ ।  बस्ती विकास लागि जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा, त्यही पुर्जाका आधारमा गरिएको जग्गाको नापजाँचको प्रमाण र त्यसैको आधारमा खडा गरिएका थुप्रै प्रमाण नष्ट भएका छन् । भदौ २४ गते मालपोत कार्यालयमा भएको आगजनीले […]

दसैँअघि बैठक नबस्ने सहमति

विराटनगर, असोज ८ गते  । कोशी प्रदेशको प्रदेश सभा बैठक बोलाउने विषयमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि दसैँअगाडि प्रदेश सभा बैठक नबोलाउन सहमत भएका छन् । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेशको प्रदेश सभा हलमा तत्काल बैठक बस्न नसकिने भएकाले उपयुक्त स्थान खोजी गरेर मात्र बैठक बोलाउनुपर्ने दलका नेताहरूले सुझाएका थिए । त्यससँगै सरकारले […]

कांग्रेस मधेश संसदीय दलको बैठक आज बस्दै

जनकपुरधाम, असोज ८ गते । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको बैठक बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बस्दैछ । प्रदेशको वर्तमान राजनीतिक परिस्थिति र सरकारको नेतृत्व सङ्कटबिच बस्न लागेको यस बैठकलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गत २४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको राजीनामापछि प्रदेश राजनीति थप जटिल बनेको छ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल