पन्ध्र वर्षमा खुल्ने भयो टेन्डर

बुटवल, मङ्सिर १७ गते । लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो । रुपन्देही जिल्ला अदालतले दिएको आदेश अटेर गर्दै आएको बुटवल कृषि उपज सञ्चालन समितिलाई अब कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]

‘राजनीतिक प्रश्नको न्यायिक समाधान नखोजौँ’

काठमाडौँ, मङ्सिर १७ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले नागरिक सर्वोच्चता तथा राष्ट्रिय हित कायमका लागि जेनजी विद्रोहको जगमा संविधानसम्मत र पृथक् रूपमा आफ्नो सरकार गठन भएको जिकिर गर्नुभएको छ । सरकार गठन र प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतमा जवाफ पठाउँदै प्रधानमन्त्री कार्कीले आवश्यकताको सिद्धान्तका आधारमा भए गरेका कामकारबाहीले वैधता पाउनेसमेत बताउनुभएको छ । सरकार […]

सरकारको प्राथमिकता भ्रष्टचार मुक्त देश बनाउनु हो : स्वास्थ्य मन्त्री डा.गौतम

धरान, मङ्सिर १६ गते ।  स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टचार मुक्त देश बनाउने रहेको बताउनुभयो । मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । बिपी प्रतिष्ठानको निरीक्षण र सिनेटको बैठकको तयारीको लागि प्रतिष्ठान आएको उहाँले बताउनुभयो । जनतालाई […]

एनपिएलः अर्धशतकको सङ्ख्या २६ पुग्यो

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ । कर्णाली याक्सका  मार्क वाटले  आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् । […]

पुनर्निर्माण कोषमा डेढ करोड थपियो

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ । उक्त कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

मौद्रिक नीतिको लचिलो कार्यदिशा निरन्तर

काठमाडौँ, मङ्सिर १६ गते । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको लचिलो कार्यदिशालाई पहिलो त्रैमासिक समीक्षामार्फत पनि निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै थप खुकुलो प्रावधान ल्याइएको पनि जनाएको छ । नेपाल राष्ट्र बैङ्कले समीक्षामार्फत जेनजी आन्दोलनपश्चात् अर्थतन्त्र स्थिरतर्फ उन्मुख भएको दाबी गर्दै उद्यमी […]

छ उद्योगले तिरे थप किस्ता

काठमाडौँ, मङ्सिर १६ गते । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् । त्यस्तै सर्वोत्तम सिमेन्टले […]

आर्थिक पत्रकार सम्मानित

काठमाडौँ, मङ्सिर १६ गते । सेजन दिवसका अवसरमा विभिन्न विधामा आर्थिक पत्रकारलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा आर्थिक पत्रकारलाई अवार्ड वितरण गरिएको हो । जस अनुसार यस वर्षको सेजन अवार्ड अनलाइन खबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका […]

भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ

स्याङ्जा, मङ्सिर १६ गते । पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका शाहीलाई उच्च अदालत पोखराको पछिल्लो आदेशपछि प्रहरीले खोजी गरेको थियो । गत साउन ६ गते घरको बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा […]

निर्वाचन तयारीबारे जानकारी

काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा भण्डारीले […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल