काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार […]
सुलीकोट (गोरखा), असोज २० गते । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने प्रमुख यातायातको माध्यम मनकामना केबलकारको सेवा मङ्गलबार एक दिनका लागि बन्द भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भार तथा सरसफाइका लागि असोज २० गते मङ्गलबार केबलकार सेवा बन्द गरिएको जनाएको हो। मनकामना दर्शन प्रालिका अनुसार केबलकारका टावरलगायत संरचनाको नियमित मर्मतसम्भार र […]
म्याग्दी (बेनी), असोज २० गते । गत हप्ता परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मत तथा पुनर्निर्माणका लागि सोमबार ड्रोनमार्फत आवश्यक इन्धन ढुवानी गरिएको छ। मानिसले बोकेर लैजानसमेत पैदलमार्ग नभएपछि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको हो। असोज ११ गते कालिगण्डकी नदीमा […]
बागलुङ, असोज २० गते । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गास्थित कालीगण्डकी पुलमा क्षति पुर्याएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाटको झोलुङ्गे पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बाढीले बागलुङ नगरपालिका–४ ढोडेनीदेखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङ नगरपालिका–१ निरयघाटदेखि पर्वतको खनियाघाट जोड्ने […]
अर्घाखाँची, असोज २० गते । अर्घाखाँचीको ऐतिहासिक अर्घा महाकाली भगवती मन्दिरमा यस वर्षको सराय नाचका लागि तयारी थालिएको छ । हिन्दुहरूको महान् पर्व बडादसैँको पूर्णिमाका दिन अर्घाको मैदानमा विशेष सराय नाचसहित मेला लाग्ने गर्छ । पश्चिम नेपालकै सबैभन्दा लोकप्रिय नाच हेर्न हजारौँ सङ्ख्यामा भक्तजन आउने गरेका छन् । सराय नाचका लागि मन्दिर तथा आसपासका क्षेत्रको […]
काठमाडौँ, असोज १९ गते । नेपाल मौसम विज्ञान विभागका अनुसार बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी […]
काठमाडौँ, असोज १९ गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनुभएको छ । सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका क्रममा महासङ्घको वर्तमान कार्य समितिबाट महत्वपूर्ण सुझावहरू आएकोमा सोका लागि मन्त्री लम्सालले धन्यवाद ज्ञापन गर्नुभयो । लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला समापनका […]
काठमाडौं, असोज १९ गते । सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय भएको […]
काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गर्नुभएको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ । विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र […]
कल्याणपुर (सप्तरी), असोज १९ गते । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ बाट १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले खोजी गरी आइतबार अभिभावकको जिम्मा लगाएको छ। गाउँपालिका–६ निवासी ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदालाई प्रहरीले खोजी गरी परिवारजनको जिम्मा लगाएको हो। उहाँ १० वर्षअघि आफ्नै घरबाट हराई सम्पर्कविहीन रहनुभएको थियो। त्यतिबेला करिब छ वर्षका रहेका शिवकुमारको […]