काठमाडौँ, भदौ १७ गते । जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ । बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ, जसको करिब २० अर्ब ५० करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ । दर्जनौँ जलविद्युत् आयोजना […]
काठमाडौँ, भदौ १७ गते । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण […]
काठमाडौं , भदौ १६गते। रसुवा स्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित दुई जना विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी बुढानीलकण्ठ नगरपालिकाले लिएको छ। नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार ती विद्यार्थीलाई नगरपालिकाभित्रका विद्यालयमा भर्ना गराएको हो। विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूको शैक्षिक भविष्यमा अवरोध नआओस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको जिम्मेवारी लिएको जनाएको छ। बाढीका कारण […]
सिँजा (जुम्ला), भदौ १६ गते । भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ । रसुवामा आएको बाढीपहिरोले ठुलो जनधनको क्षति पुर्याउनुका साथै विभिन्न स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा […]
काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ। उहाँका अनुसार बैठकमा विभिन्न राजनीतिक […]
काठमाडौँ, भदौ १६ गते । पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ। कोषले जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टि गर्न पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवाको व्यवस्था गरिएको हो। विपद्का कारण आफन्त […]
काठमाडौँ, भदौ १६ गते । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा पाँच हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ । रेडक्रसका अनुसार त्रिपाल दुई हजार थान, कम्बल एक हजार थान, म्याट्रेस एक हजार थान, डोरी छ सय थान, मर्यादित स्वच्छता (महिनावारी हुँदा प्रयोग गर्नेलगायतका) सामग्री पाँच हजार किट, शव व्यवस्थापन […]
काठमाडौँ, भदौ १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले विपत् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ । सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपत्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने गतिविधि कुनै पनि […]
काठमाडौं,भदौ १५ गते । भदौ १० गते बुधबार रसुवा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत , उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रु. १ करोड ५० लाख सहयोग गरेको छ। सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। उक्त रकमको चेक संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमारले’ […]
काठमाडौँ, भदौ १५ गते । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा […]