चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ, पुस ९ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि […]

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

पाटन (ललितपुर),पुस  ९  गते ।  विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको […]

कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

काठमाडौँ, पुस ८ गते।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो । “चुनावमा जान कांग्रेस तयार छ, […]

कांग्रेस क्रियाशील सदस्यता : महामन्त्री थापाको चार बुँदे निर्देशन

काठमाडौँ, पुस ८ गते।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनुभएको छ। उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको […]

अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस

काठमाडौँ, पुस ८ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका  पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ । राप्रपा नेपाल काठमाडौँ ५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिनुभयो । […]

बयालिस वटा पक्की पुल निर्माण

बुटवल, पुस ८ गते ।  लामो समयदेखि विस्तार हुँदै आएको बुटवल–नारायणगढ सडकखण्डमा हालसम्म ४२ वटा पक्की पुल निर्माण भएका छन् । तीमध्ये पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा नौ वटा ठुला पुलको काम पूरा भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम सकिएको छ भने पूर्वी खण्डमा एउटा पुल निर्माण हुन बाँकी […]

पाहुनाको रोजाइमा छेडेदह ताल

बाजुरा, पुस ८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बिचमा रहेको छेडेदह ताल यती बेला पाहुनाको रोजाइमा पर्दै गएको छ । यसको चारै तिर अग्ला भूभाग र बिचमा समथल रहेको यो ताल हेर्दा जो कोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो ताल पाहुनाको रोजाइमा पर्ने थालेको हो । यहाँ […]

कांग्रेसले पठायो उम्मेदवारको सूची

भैरहवा, पुस ८ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि प्रदेश समितिले क्षेत्र र जिल्लाबाट आएका नाम छनोट नगरी केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्येक निर्वाचन […]

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

भद्रपुर (झापा),  पुस८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७।५७ […]

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ, पुस ८ गते ।  माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल