गण्डकी, ४ फागुनः गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गर्नुभएको छ । प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिनुुभएको छ । सन्देशमा उहाँले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, […]
काठमाडौँ, ४ फागुन : देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गर्नुभयो । महासङ्घले बिहीबार बिहान महेन्द्रनगरबाट […]
भैरहवा (रुपन्देही), ४ फागुन ः फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो […]
चैनपुर (बझाङ), ४ फागुनः बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला […]
भरतपुर, ४ फागुन : चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् […]
चन्द्रौटा (कपिलवस्तु), ३ फागुन : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत […]
काठमाडौँ, ३ फागुन : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकमा आगामी महासमिति […]
कास्की, ३ फागुन : गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री […]
बारा, ३ फागुन : प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको […]
चन्द्रौटा (कपिलवस्तु), ३ फागुन : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]