
काठमाडौँ, असार १६ गते : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार […]
काठमाडौँ, असार १६ गते : संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ । संसद् दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको […]
म्याग्दी (दरबाङ) ,असार १६ गते : लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिम खोला । जिल्लाको रघु गङ्गा गाउँपालिका–७,स्थित चिम खोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले पाँच दशक अघि सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । पाका पुस्तामा सीमित लोकप्रिय थाली नाच युवा पुस्तामा हस्तान्तरण हुँदै छ । सामाजिक विकास कार्यालय […]
काठमाडौँ, असार १६ गते : लघुवित्त संस्थाको सङ्ख्या घट्ने क्रम जारी रहेको छ । असार महिनाभित्र चार वटा लघुवित्त संस्था एकआपसमा गाभिएर दुई वटामा कायम हुने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात् असार २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थालाई […]
हेटौँडा, असार १५ गते : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बागमती प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पेस गर्नुभएको विनियोजन […]
काठमाडौँ : विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अनुत्तिर्ण सबै परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस बारेमा निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । मन्त्रालयका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका परीक्षार्थीलाई पनि ग्रेडवृद्धि परीक्षामा बस्न पाउने व्यवस्था गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन […]
टीकापुर : माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा […]
तम्घास, असार १५ गते: गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोमा परी अन्दाजी ५५ […]
रानीवन, असार १५ गते : काठमाडौँको नागार्जुन नगरपालिका १ रानीवनमा अवस्थित छ पञ्चाली भैरव मन्दिर । यो मन्दिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुनको फूलबारी अर्थात् ककनी जाने बाटोको बायाँतर्फ राष्ट्रिय निकुञ्जको प्रवेशवरबाट आफ्नो निजी सवारी साधनबाट जाँदा केही दुरीको घना जङ्गलमा अवस्थित रहेको छ। मन्दिर भित्र ११ वटा विभिन्न देव देवताको शिलाको मध्य भागमा रहेको कालो […]
काठमाडौँ, असार १४ गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय […]