काभ्रेपलाञ्चोक, २ कात्तिक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बैठकले आज बिहान ५ बजेदेखि यही […]
ढोरपाटन (बागलुङ), २ कात्तिक : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला […]
रामपुर (पाल्पा), २ कात्तिक : दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा […]
बाजुरा, २ कात्तिक : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस […]
म्याग्दी, २ कात्तिक : पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको […]
त्रिवेणी (रुकुम पश्चिम), १ कात्तिक ः रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिनुभयोे […]
धुलिखेल (काभ्रेपलाञ्चोक), १ कात्तिक : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । काठमाडाैँबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको […]
चितवन, १ कात्तिक : चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा […]
जोमसोम (मुस्ताङ), १ कात्तिक : प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुग्नुुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन उहाँ मुुस्ताङ आउनुभएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आउनुुभएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुुगमनमा आउनुुभएको मुुस्ताङका […]
टीकापुर (कैलाली), १ कात्तिक : यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै […]