काठमाडौँ, मङ्सिर १८ गते । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो […]
काठमाडौँ, मङ्सिर १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताउनुभएको छ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्नुपर्नेसमेत बताउनुभयो । अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म […]
काठमाडौँ, मङ्सिर १८ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका […]
काठमाडौँ, मङ्सिर १८ गते । महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ । वीरमा बिग्रिएका २८४ वटा उपकरणमध्ये छ वटा र कान्ति बाल अस्पतालमा बिग्रिएका १५८ उपकरणमध्ये छ वटा उपकरण केन्द्रले मर्मत गरेको हो । आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीले अस्पतालमा बर्षौंदेखि […]
चरीकोट मंसिर १७ गते । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गर्नुभएको छ।। यस्तै […]
काठमाडौं, मंसिर १७ गते । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको छ । उहाँले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको हो । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेसका डंगोलले पाँच हजार ३३४ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ […]
काठमाडौँ, मङ्सिर १७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शुभारम्भ गर्नुभएको छ । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उहाँले मेला शुभारम्भ गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई […]
काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि […]
जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् । विगत चार वर्षदेखि […]
काठमाडौँ, मङ्सिर १७ गते । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले चार हजार ८९४, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले तीन हजार ८६५, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले तीन हजार ५९९ मत प्राप्त गर्नुभएको छ […]