कालिमाटीमा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ, पुस १४  गते । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो […]

चर्किएकै घरमा भूकम्पपीडितको बास

बाजुरा, पुस १४ गते । बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् । लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन् । त्यही घरमा बस्न उनीहरू बाध्य छन् । पछिल्लो भूकम्प पुस ६ गते गएको थियो । भूकम्पले घर चर्किएर जोखिममा परेको भए पनि उनीहरूलाई अहिलेसम्म कुनै वैकल्पिक आवासको व्यवस्था नभएपछि त्यही घरमा बस्न बाध्य भएका हुन् । पहिला गएको […]

सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौँ, पुस १४ गते । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय […]

रुखबाट लडेर मृत्यु

सर्लाही, पुस १३ गते । सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो । भण्डारी छिमेकी झमकबहादुर थापाको खेतमा रहेको बर्रोको रुखमा चढेर घाँस झार्नेक्रममा रुखबाट लड्नुुभएको प्रहरी चौकी ढुुङ्ग्रे खोलाले जनाएको छ । भण्डारीलाई उपचारका लागि नमूना अस्पताल […]

हुलाकी राजमार्गको अतिक्रमणमा डोजर चल्यो

नेपालगन्ज, पुस १३ गते । बाँकेको नेपालगन्ज-नरैनापुर हुलाकी राजमार्ग अन्तर्गत सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन नरैनापुर गाउँपालिकाले डोजर चलाउन सुरु गरेको छ । नरैनापुर गाउँपालिका कार्यालयले एक साता अघि सूचना प्रशारण गर्दै स्थानीयलाई सडकको मापदण्ड ३० मिटर भित्र पर्ने संरचना हटाउन आग्रह गरेको थियो। नगरको आग्रह अटेरी गरेर संरचना नहटाउनेविरुद्ध डोजर चलाउनु परेको गाउँपालिकाका […]

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, पुस १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ। नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ महानगर कमिटीद्वारा शनिबार वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ […]

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन

सियोल, पुस १३ गते । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् । गत डिसेम्बरको सुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ । युनको […]

ज्ञानलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, पुस १३ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान […]

२०८१ पौष १३ गते- 28, Dec, 2024, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । वृष (इ, उ, ए, […]

पत्रकारको बीमा गराउने विषयमा सम्झौता

जनकपुरधाम, पुष १२ गते । मधेश प्रदेशका पत्रकारलाई एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्ने विषयमा मधेश प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनीविचमा शुत्रबार सम्झौता भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश प्रदेशका पत्रकारको सामुहिक दुर्घटना तथा औषधी उपचार (स्वास्थ्य) बीमा सम्झौता कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल