काठमाडौँ, पुस २० गते । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ । ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय अवस्थाले आमनागरिकले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यसै गरी सडकहरू निर्धारित समयमा निर्माण हुन नसक्दा मुलुकले लिएको पर्यटक भित्र्याउने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा […]
पोखरा, पुस १९ गते। सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मूल मर्म र भावना विपरीत संविधान संशोधन नहुने कुरा बताउनुभएको छ। उहाँले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताका सवालमा संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको हो। प्रदेशस्तरीय मगर मौलिक सांस्कृतिक महोत्सव-२०८१ को पोखरामा शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले संविधानसभाले निर्माण गरेको संविधानलाई नेपाली जनताको इच्छा […]
लहान, पुस १९ गते। संघीय सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको दृढता व्यक्त गर्नुभएको छ। लहान नगरपालिकाको १५ औं नगरसभालाई लहान नगरपालिकाको सभा हलमा उद्घाटन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो। दुई पटक संविधानसभाको निर्वाचन भएर बनेको संविधानको रक्षा र विकासको आकांक्षा […]
काठमाडौं, पुस १९ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष तथा वरिष्ठ पत्रकार निर्मला शर्माले विवाहपछि आफू पत्रकारिता पेशामा आएर अझै क्रियाशील रहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा आयोजित मिडिया संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पत्रकारिता पेशामा अवसरलाई चुनौतीले घेरेको चर्चा गर्नुहुँदै उहाँले सत्य तथ्य समाचार नै […]
काठमाडौँ, पुस १९ गते । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भूतप उल्का वर्षा पुस १३ देखि २८ […]
काठमाडौँ, पुस १९ गते। ग्लोबल लेबर युनिभर्सिटी को GLU Asia, Australia & Oceania Alumni Network को सयोजक पदमा लोकेन्द्र पनेरु निर्वाचित हुनु भएको छ । उक्त पदकालागि नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश र इन्डोनेशिया बाट उम्मेदवारी रहेकोमा नेपालकाे तर्फबाट उम्मेदवारी दिनुभएका पनेरु सर्वाधिक मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । GLU का अफ्रिका, युरोप, ल्याटिन […]
काठमाडौँ, पुस १९ गते । लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ । दक्षिण एसियाका साहित्य र संस्कृति जोड्ने पुलको रूपमा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय दोस्रो दक्षिण एसिया पुस्तक प्रदर्शनीमा बिहीबार आयोजित ‘नेपाली साहित्य लेखनमा महिलाको उपस्थिति’ विषयमा बोल्दै उहाँले सो विचार […]
काठमाडौँ, पुस १९ गते । ग्लोबल आइएमई बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा बैङ्कको फोन पे नेटवर्कमा आबद्ध भएका क्युआर कोड मर्चेन्टलाई लक्षित गरी क्यास ब्याक, स्मार्ट फोन र एक लाख रुपियाँको मुद्दती निक्षेप जित्ने उपहार योजना सार्वजनिक गरेको छ । यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ गते शुक्रबारसम्म सञ्चालन हुने बैङ्कले जनाएको छ […]
काठमाडौँ, पुस १९ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरू तिलगङ्गा नेत्र विश्वविद्यालयमा प्रस्तावित पदाधिकारीको सङ्ख्यालाई लिएर विभाजित भएका छन् । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकमा पदाधिकारीको सङ्ख्या बढी भयो भनेर केही सदस्यले घटाउनुपर्ने जिकिर गर्दा आवश्यकताका आधारमा राखिएको भन्दै केहीले प्रस्तावित व्यवस्थालाई चलाउन नहुने पक्षमा देखिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक–२०८१ […]