उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ, असोज २६ गते । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति […]

अलैँचीको उत्पादन बढ्दा मूल्य घट्यो

काठमाडौँ, असोज २६ गते । प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेको अलैँचीको उत्पादन बढेको छ । उत्पादन बढ्दा यस वर्ष अलैँचीको मूल्य भने घटेको छ । गत वर्ष उत्पादन घट्दा मूल्य बढे पनि यस पटक भने घटेको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार यस वर्ष अलैँचीको मूल्य घटेर प्रतिमन (४०केजी) ८१ हजारदेखि ८५ […]

थपिए चालिस हजार मतदाता

काठमाडौँ, असोज २६ गते । पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् । उपनिर्वाचनको मिति घोषणापछि असारमा रोकिएको नामावली सङ्कलन असोज ८ गतेदेखि खुला भएको हो । प्रतिनिधि सभा सदस्यको फागुन २१ मा […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असोज २६ गते ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७९ पैसा र बिक्रीदर १६४ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

जेनजीको दबाबपछि राजविराज बसपार्क सञ्चालन

सप्तरी, असोज २५ गते।  चार पटक शिलान्यास र निर्माण काम सकिएर उद्घाटन भएको तीन महिनापछि राजविराज बस पार्क शनिबारदेखि सञ्चालनमा आएको छ। लामो समयको प्रतिक्षापछि राजविराज नगरपालिका वडा नम्बर २ राजदेवीचौक स्थित नवनिर्मित बसपार्क जेनजी युवाको दबाबपछि सञ्चालमा आएको हो। बसपार्क सञ्चालनमा आएसँगै राजविराज नगरक्षेत्र भित्र जथाभावी सडकमै सार्वजनिक सवारी साधन पार्किङ्ग गर्ने र त्यहींबाट […]

एमालेले दाङमा खबरदारी सभा गर्ने

दाङ, असोज २५ गते । नेकपा (एमाले) दाङले जनसंगठन समन्वय संयन्त्रको आह्वानमा असोज २६ गते दाङको घोराहीमा खबरदारी सभा गर्ने भएको छ । एमालेले गर्न लागेको खबरदारी सभाका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको छ । खबरदारी सभामा शान्ति सुरक्षाको ब्यबस्था मिलाउन निर्देशन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ। नेकपा (एमाले) दाङ जनसंगठन समन्वय […]

जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

काठमाडौँ, असोज २५ गते ।  जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो । संसदीय अभ्यासमा रहेका पूराना […]

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गते बस्ने

ललितपुर, असोज २५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्नेभएको छ । असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । “हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको […]

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन, असोज २५ गते।  नेपाली कांग्रेसका युवाले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भन्नुभयो,“पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको […]

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, असोज २५ गते। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ।  राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो। उहाँलाई भर्ना गरेर स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पौडेलको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल