सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट

काठमाडौँ, मङ्सिर २३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो। मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको […]

पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा, मङ्सिर २३ गते । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ । कात्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ । केन्द्रका सूचना अधिकारी धिरेन राईका […]

कैलाली क्षेत्र नम्बर ५ बाट चार जना सिफारिस

धनगढी, मङ्सिर २३ गते ।  नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको क्षेत्रीय समितिले केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चार जनाको नाम आएको थियो […]

नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनु पर्छ : राप्रपा

काठमाडौँ,  मङ्सिर २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ । मङ्गलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ […]

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबिच छलफल

काठमाडौँ, मङ्सिर २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ । दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि हुनुहुन्थ्यो। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको थियो । अभियानका […]

भूमाफियालाई कारवाहीको माग गर्दै कार्यालय घेराउ

नवलपुर, मंसिर २२ गते । नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन्  । वडा अध्यक्ष नारायण लोहनीको नेतृत्वमा ठूलो संख्यामा उपस्थित भएका स्थानीयले आगामी १५ दिनभित्र छुट जग्गा दर्ताको प्रक्रिया अघि बढाउन, भूमाफियाको नाममा लुकिछिपी बनाइएका पूर्जाको खारेजी तथा […]

वैदेशिक रोजगारका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं, मङ्सिर २२ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको छ। यसै सन्दर्भमा उहाँले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो […]

पत्रकार सुरेश रजकलाई सहिद घोषणा

काठमाडौँ, मङ्सिर २२ गते । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो […]

स्वास्थ्य सेवामा विशेष छुटको सम्झौता

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैङ्कका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभयो । […]

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ, मङ्सिर २२ गते ।  सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपियाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल